मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जिल्लामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ८ जना अझै बेपत्ता

अछाम जिल्लामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ८ जना अझै बेपत्ता


अछाम : अबिरल बर्षाका कारण अछाममा पहिरो परी ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । ज्यान गुमाउनेमा सबै भन्दा बढी कमलबजार नरगपालिकाका रहेका छन् । नगरको वडा नं. ६ ठाँटीखाँदमा ७ जना, वडा नं. ८ मा ५ जना गरी १२ जनाको ज्यान गएको छ ।

यस्तै तुर्माखाँद गाँउपालिकामा २ जना र ढकारी गाँउपालिकामा १ जनाको शब भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

पहिरोमा परेका ८ जनाको अवस्था अझै अज्ञात छ । उनिहरुको अवस्था पत्ता नलागेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । बेपत्ता हुनेमा तुर्माखाँद गाँउपालिकाका ७ जना र ढकारी गाँउपालिकाका एक जना रहेका छन् ।

तुर्माखादँमा पहिरोले २ घर पुरिए भने कलबजारमा २ घर र ढकारी मा एक घर पुरिएको छ । त्यहाँका अन्य घर र बस्ती पनि जोखिममा रहेका प्रहरीले जनाएको छ । घट्नाको एकिन विबरण भने अझै आईसकेको छैन् ।