मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम घटना : १७ जनाको मृत्यु,६ जना बेपत्ता

अछाम घटना : १७ जनाको मृत्यु,६ जना बेपत्ता


काठमाण्डौ: लगातारको वर्षासँगैको पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन्। उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ। उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ। प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरामा परी बेपत्ता छन्। निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत्ता छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए। ‘यकिन विवरण आइसकेको छैन। मृतकको सङ्ख्या बढ्न सक्छ’, उनले भने, ‘अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ।’

त्यस्तै अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ।