मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका स्थानीय तहमा अस्पताल निर्माण कार्य ‘कछुवा गति’

कर्णालीका स्थानीय तहमा अस्पताल निर्माण कार्य ‘कछुवा गति’


सुर्खेत: कर्णाली प्रदेशका स्थानीय तहमा संघीय सरकारले आर्थिक वर्ष ०७७र ७८मा ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण गर्ने काम अझै गति लिन सकेको छैन । दुइ वर्ष वित्तिसक्दा पनि निर्माणले गति लिन नसकेको हो ।

आर्थिक वर्ष २०७७र ७८ मा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट गरि बजेट पठाएको थियो । त्यस्तै दोस्रो चरणमा गएको आर्थिक वर्ष २०७८र ७९ मा सोही क्षमताका थप २४ स्थानीय तहमा अस्पताल निर्माणको योजनाका साथ बजेट पठाएको थियो । प्रदेशका ७९ तहमध्ये दुई चरणमा गरी ६६ पालिकामा बजेट र कार्यक्रम पठाइए पनि हालसम्म २७ पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ।

कर्णालीमा आधारभूत अस्पताल निर्माण तथा स्तरोन्नतिका लागि पहिलो चरणमै संघीय सरकारले ५२ करोड ७६ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। जसअन्तर्गत पाँच शश्याका लागि ७० लाख, १० शशयका लागि ८५ लाख र १५ शश्यका अस्पताल भवन निर्माण गर्न सम्बन्धित् पालिकामा एक करोड बजेट पठाइएको थियो। दोस्रो चरणमा छनोट भएका स्थानीय तहमा पनि सोही आधारमा रकम पठाइएको छ।

स्थानीय तहहरूमा १५ शश्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने योजना अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले बताए । निर्माण थालिएका पालिकामा पनि काममा ढिलासुस्ती भइरहेको उनको भनाइ छ।

भवन निर्माण स्थलको टुङ्गो लागेका कतिपय ठाउँमा अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० समेत निर्माण भएको छैन। कैयौँ निर्माणाधीन भवनको जग हालेर त्यतिकै छोडिएको अवस्था छ। २७ वटाभन्दा कम पालिकामा मात्रै भवन निर्माणको काम चलिरहेको बताइएको छ।

पालिकाले समयमै अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन नसक्दा उपलब्ध बजेटसमेत फ्रिज भएको छ। दैलेखका ११ मध्ये सातवटा स्थानीय तह आधारभूत अस्पताल निर्माणका लागि छनोट गरिएका थिए। भैरवी, नौमुले, ठाँटीकाध, महाबु, गुराँस गाउँपालिका र चामुन्डा बिन्द्रासैनी तथा आठबीस नगरपालिकामा अस्पताल निर्माणको योजना थियो। त्यसमध्ये भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाले भवन निर्माणको काम अघि बढाएका छन् ।

केही पालिकाले आफ्नो र संघीय सरकारको संयुक्त लगानीमा पनि काम सुरु गरिरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार कतिपय पालिकामा भने मापदण्डले तोकेअनुसार जग्गा नपाउँदा समस्या भइरहेको छ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोटमा प्राथमिक स्वाथ्य केन्द्रलाई स्तरोन्नति गरेर आधारभूत अस्पताल बनाइँदै छ। निर्देशनालयका अनुसार कालीकोटको सान्नीत्रिवेणी नगरपालिकामा पनि आधारभूत अस्पताल भवन निर्माणको काम सुरु भएको छ। त्यहाँ संघीय सरकारको सात करोड ११ लाख र पालिकाको चार करोड ५० लाख रुपैयाँ गरी कुल १५ करोड ५० लाख रुपैयाँको संयुक्त लगानीमा निर्माण कार्य थालिएको बताइएको छ।

जाजरकोटको नलगाडमा भर्खरै मात्र भवन निर्माणको काम सुरु भएको छ । बारेकोटमा जग मात्र राखिएको छ । छेडागाडमा कामको सुरुवात नै गरिएको छैन । शिवालयमा भवनको काम सामान्य अवस्थामा पनि नभएको बताएको छ । जुनिचाँदे गाउँपालिकामा समेत कामको गति निकै धिमा रहेको छ । कुशे गाउँपालिकामा कामै नै सुरु भएको छैन ।

डोल्पामा सबै पालिकामा काम अझै गति लिन सकेको छैन । मुड्केचुला, जगदुल्लामा कामको सुरुवात गरिएको पालिकाले जनाएका छन् ।