मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका सरकारी कर्मचारीको एक दिनको तलब बाढी पीडितलाई 

अछामका सरकारी कर्मचारीको एक दिनको तलब बाढी पीडितलाई 


अछाम :अछाममा कार्यरत सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले एक दिनको तलब विपद् व्यवस्थापनमा सहयोग गर्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय अछाममा बुधबार प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीको अध्यक्षतामा भएको कार्यालय प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत  दीपेश रिजालले जानकारी दिए ।

सुरक्षाकर्मी बाहेक अछाममा कार्यरत कर्मचारीहरुले न्यूनतम तलब स्केलको एक दिन बराबरको तलब जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका हुन् । उक्त रकम भदौ ३१ गते राती पहिरोबाट पीडितलाई हस्तान्तरण गरिने रिजालको भनाइ छ ।

भदौ ३१ गते राती पहिरोले अछामका कमलबजार, तुर्माखाँद र ढकारी गरेर २२ जनाको मृत्यु र एक जना वेपत्ता भएका छन् ।

हरेक महिनाको ५ गते अछाम जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यरत प्रमुखहरूकाे बैठक बसेर विभिन्न  विषयमा छलफल गरिने गरिने गरेको छ  ।