मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखकाे नन्देगडामा आगलागी, २ लाख ५२ हजार नगद सहित सबै सामना जलेर नष्ट

मेल्लेखकाे नन्देगडामा आगलागी, २ लाख ५२ हजार नगद सहित सबै सामना जलेर नष्ट


अछाम : जिल्लाको मेल्लेख गाउपालिका वडा न. ७ नन्देगडकाे महर बस्ती स्थित एक घरमा आगलागि भएको छ । घरमा आगलागि हुदा २ लाख ५२ हजार नगद सहित घरमा रहेका सबै सरसामान जलेर नष्ट भएको छ ।

मेल्लेख गाउपालिका वडा न. ७ का वडा अध्यक्ष प्रेम बहादुर महरकाे घरमा अचानक बिधुत लाईन सट भई आगलागि भएको हाे । बिहान ८ बजेट घरका सबै परिवार उहाँका बुबाको श्राद्धे गरिरहेकाे बेला बन्द रहेकाे काेठामा विधुत लाइन सर्ट बाट आगलागि भएको थियाे .

अागलागिबाट घरमा रहेको खाद्यान्न ,लुगा कपडा , महत्त्वपूर्ण कागजात जलेर सबै खरानी भएकाे वडा अध्यक्ष महरले जानकारी दिए ।

आगो स्थानीयले नियन्त्रणमा लिएका थिए । प्रहरी चाैकि मेल्लेख बाट खटि गएको टाेलिले क्षति काे विवरण संकलन गरिरहेकाे छ ।