मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाले अछामका प्रकोप पिडितलाई आर्थिक सहयोग गर्ने

साँफेबगर नगरपालिकाले अछामका प्रकोप पिडितलाई आर्थिक सहयोग गर्ने


अछाम : जिल्लाको साँफेबगर नगरपालिकाले अछामको पूर्वी क्षेत्रका बाढी पहिरो पिडितका आफन्त र परिवालाई आर्थिक सहयोग गर्ने भएको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाँद गाँउपालिका र ढकारी गाँउपालिकाका बाढी पहिरोबाट मृत्यु भएकाहरुका आफन्तलाई प्रति परिवार ११ हजार आर्थिक सहयोग गर्ने भएको छ ।

गत भाद्र ३१ गते राति अविरल वर्षा पछि आएको पहिरोका कारण ज्यान गुमाएका २३ जना आफन्तहरुलाइ क्रिया खर्च बाफत प्रति व्यक्ती ११ हजार दरले सहयोग गर्ने निर्णय गरिएको नगर प्रमुख राजेन्द्र कुवँरले बताए ।