मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटीको न्यु होराइजन युथ क्लबद्धारा अछाममा पहिरो पीडितका लागी आर्थिक संकलन अभियानको थालनी

चौरपाटीको न्यु होराइजन युथ क्लबद्धारा अछाममा पहिरो पीडितका लागी आर्थिक संकलन अभियानको थालनी


अछाम : न्यु होराइजन युथ क्लब चौरपाटीले जिल्लाका ३ स्थानिय तहका पहिरोबाट आफन्त गुमाएका परिवारका लागि आर्थिक संकलन अभियान थालनि गरेको छ ।

भाद्र ३१ गतेका दिन अबिरल बर्षाका कारण अछाम जिल्लाको तुर्माखाद, ढकारी गाँउपालिका र कमलबजार नगरपालीकाका बिभिन्न स्थानमा भएको भौतिक तथा मानविय क्षती पिडितहरुलाई सहयोगार्थ राहत सकलनको थालनी गरिएको हो । चौरपाटी गाउपालिकाका वडा नं।

५ लुंग्रा र जिल्ला प्रसासन कार्यालय अछाम बाट अनुमती पत्र लिई असोज ७ गते अभियानको थालनी गरीएको क्लबका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए। क्लबले हाल सम्म ६०००/रकम संकलन गरेको अध्यक्ष खड्काको भनाई छ । राहत संकल अभियान जारी रहेको छ । यस दुखःद घडिमा सक्दो मानविय सहयोग गरिदिन समेत सबैमा उनले आग्रह गरेका छन । सहयोग गर्न इच्छुक सहयोगी मनहरुलाई न्यु होराइजन युथ क्लब चौरपाटी को सेनचुरी बैङ्क मा रहेको खाता न १२४००००५७३ं मा जम्मा गरि सहयोग गरिदिन अनुरोध गरीएको छ ।