मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज दशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

आज दशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै


काठमाण्डाै – आज दशैँको पाँचौँ दिन, असोज शुक्ल पञ्चमी । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज स्कन्दमाताको पूजा आराधना गरिँदैछ ।

स्कन्दमाता भवानीको उपासना एवम् आराधना गर्नाले सबै प्रकारको इच्छा पूरा हुने शास्त्रीय मान्यता छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।