मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा अब कहिलेसम्म हुन्छ वर्षा ? 

सुदूरपश्चिममा अब कहिलेसम्म हुन्छ वर्षा ? 

एक हप्तापछि मनसुन समाप्त

सुदूर आज

धनगढीः सुदूरपश्चिम प्रदेशमा हिजो (बुधबार) रातिदेखि लगातार वर्षा भइरहेको छ। सुदूर तराइ तथा पहाडका विभिन्न ठाउँहरुमा वर्षा भइरहेको हो। मौसमविद्का अनुसार अझै सुदूरपश्चिममा एक हप्तासम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। प्रदेशभर मनसुन प्रणाली सक्रिय रहेकाले प्रदेशमा धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। 

गत वर्ष झै यो वर्ष पनि सुदूरपश्चिम प्रदेशभर दसैंको समयमा वर्षा भइरहेको हो। मनसुनी वर्षाको प्रणाली विकास भएकाले सुदूरपश्चिमसहित देशका अन्य भागमा पनि वर्ष भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, बिहीबारको वर्षाले अहिलेसम्म कैलालीमा भने कुनै क्षति नभएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। 

‘हामीले सबै स्थानीय तहमा सतर्क रहन पत्राचार गरेका थियौं,’ उनले भने, ‘हामी सबै स्थानीय तहको सम्पर्कमा छौ। अहिलेसम्म वर्षका कारण कुनै पनि क्षति भएको खबर आएको छैन।’ सुदूरपश्चिमका तराई तथा पहाडी जिल्लामा अझै एक हप्तासम्म वर्षा हुने प्रणाली विकास भएको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको दाबी छ।

एक हप्तापछि मात्रै मनसुन समाप्त हुने तर आइतबारदेखि तीन दिनसम्म भने सुदूरपश्चिम क्षेत्रमा भारी वर्षकोे सम्भावना रहेको मौसमविद् राजु प्रधानांकले बताए। ‘हामीले तीन दिनको पूर्वानुमान जारी गछौँ शनिबारसम्म पानी पर्ने भन्ने छ,’ उनले भने, ‘त्यसपछि पनि एक हप्ता सुदूरपश्चिममा पानी पर्ने सम्भावना छ, त्यसपछि भने मनसुन हट्ने छ।’ 

यता, किसानहरुले भने धान भित्र्याउने समयममा परेको वर्षाले धान बालीमा क्षति हुने चिन्ता गरेका छन्। बिहीबारसम्म सामान्य वर्ष भएपनि शुक्रबारदेखि एक हप्तासम्म सुदूरपश्चिममा भारी वर्षा हुने मौसमी प्रणाली विकास भइरहेको मौसमविद्ले जनाएका छन्।

गत वर्ष दसैँको समयमा परेको अविरल वर्षाको कारण सुदूरपश्चिम प्रदेशमा ठुलो क्षति भएको थियो। गत वर्ष किसानले खेतको धान काटेको कारण ७ अर्वको धान नष्ट भएको थियो। तर, यो वर्ष मौसमी अवस्था बारे स्थानीय प्रशासन र स्थानीय सरकारले सूचना जारी गरेकाले किसानको काटेको धान नष्ट हुने अवस्था नरहेको बताइएको छ। – dineshkhabar