मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रत्यक्ष र समानुपातिकमा महिलालाई उपेक्षा गरिएको भन्दै महिला नेताको असन्तुष्टि

प्रत्यक्ष र समानुपातिकमा महिलालाई उपेक्षा गरिएको भन्दै महिला नेताको असन्तुष्टि


अछाम : २ निर्वाचन क्षेत्र रहेको अछाममा प्रत्यक्ष र समानुपातिकमा ठुला दलले महिलालाई उपेक्षा गरेको भन्दै महिला नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।


२ प्रतिनिधि सभा तथा ४ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको यहाँ सबै क्षेत्रमा पुरुषमात्रै उम्मेद्वार बनेका छन् ।यस्तै समानुपातिकमा समेत महिलालाई नसमेटिएको उनीहरुको भनाई छ ।

प्रतिनिधि सभामा सबै दलबाट गरी २३ जना तथा प्रदेश सभामा २१ जना समानुपातिक सुचिमा रहेपनि महिला समाबेशी समूहबाट कोही पनि नपरेको नेकपा एमाले प्रदेश कमिटि सदस्य धर्मिन्द्रा शाहले बताउनु भयो । कतिपय दलित तथा खस आर्यबाट महिला समेटिएपनि महिला समावेशी समूहबाट अछाम जिल्लालाई नै निल गर्नु राजनीतिक दलको महिला माथिको उपेक्षा भएको उहाँको भनाई छ ।

जिल्लालाई महिला समावेशी समूहमा प्रत्यक्ष र समानुपातिकमा ठुला दलले उपेक्षा गरेको भन्दै महिला नेतृहरुले गुनासो गरेका हुन् ।अछाममा कुल मतदाता संख्यामा पुरुष मतदाता भन्दा ३ हजार ८ सय ७१ महिला मतदाता बढी छन ।

“प्रत्यक्ष पनि पुरुष समानुपातिक पनि खसआर्यबाट पुरुष नै किन ? महिला प्रति अन्याय किन ? न प्रत्यक्ष न समानुपातिक ? हामि अयोग्य कसरी?” भन्दै एमाले प्रदेश कमिटि सदस्य शाहले प्रश्न गर्नुभएको छ ।