प्रदेश समाचार

सुदूरपश्चिम पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा 

धनगढी: सुदूरपश्चिमलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ। शुक्रबार कैलालीको धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिमलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। 

पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका थिए भने सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचीव रोसन पोखरेलसहित स्वास्थ्य क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो। 

यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुखहरू, स्वास्थ्य कार्यालयका प्रमुखलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक वर्षमा २ अर्ब २९ करोड खर्च, तर एड्सका कारण ५१० जनाको मृत्यु, ६८० एचआईभी संक्रमित थपिए
आज विश्व एड्स दिवस मनाईँदै
बाजुरा र स्याङ्जा-२ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय
मुख्यमन्त्रीको चर्चामा महामन्त्री खड्का