मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटीमा कोदो चुट्ने र फल्ने मेसिनको परिक्षण

चौरपाटीमा कोदो चुट्ने र फल्ने मेसिनको परिक्षण

सुदूर आज

अछाम : रैथाने वाली कोदो खेतीको प्रबद्र्धनका लागी चौरपाटी गाउँपालिकाले कोदो चुट्ने र फल्ने मेसिनको परिक्षण गरेको छ।

कोदो खेती संरक्षण र कोदो खेतीको उत्पादनमा बृद्धि गर्ने उद्देश्यले कृषकलाई छिटो छरितो काम गर्न सहजताका लागि मेसिन ल्याएको चौरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउदले बताए ।

चौरपाटीमा मेसिनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष साउद पहिलो पटक मेसिनको परिक्षणका लागी एक हाते मेसिन र एक ईलेक्टोनिक्स मेसिन गरी दुई मेसिन ल्याएको र कृषकको माग भई आएमा आवश्यकता र माग अनुसार गाउँपालिकाका टोल बस्तीमा मेसिन उपलब्ध गराईने बताए ।

रैथाने वाली कोदो खेती लोप हुन लाग्दा चौरपाटी गाउँपालिकाले वाली संरक्षणका लागि प्रविधिबाट काम गर्न पाउँदा कृषक खुशी भएको स्थानीय कृषक बल बहादुर साउद भनाई रहेको छ ।

प्रविधिबाट काम गर्दा एकातिर कामको भार कम हुने र अर्को तर्फ कृषकलाई कोदो वाली उत्पादनमा बृद्धि गर्न सकिने कृषकको भनाई रहेको छ । यस अघि पनि रैथाने वाली कोदो संरक्षणका लागि गाउँपालिकाले फलेको कोदो कुटेको धान कार्यक्रम अनुसार कोदासँग चामल साट्ने कार्यक्रम सुरु गरेको थियो ।

गाउँपालिकाले संकलन गरेको कोदो तराईका जिल्ला कैलाली, कञ्चनपुर तथा राजधानी काठमाण्डौ सम्म पठाईएको थियो । कोदोमा प्रशस्त मात्रामा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्व पाइने हुँदा कोदो स्वास्थ्यका लागि पनि बहु उपयोगी भएको पोषण विद्हरुको भनाई छ ।

कृषि विज्ञका अनुसार तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, गर्भवती तथा सुत्केरीका लागि अति उपयोगी खाद्य वाली भएको जस्ता रोगका बिरामीहरूको लागि पनि उपयुक्त बालीको रुपमा कोदोलाई चिनिएको छ ।