मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा भेटियो कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी 

नेपालमा भेटियो कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी 


काठमाडौं । नेपालमा पहिलो पटक  कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक  नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएका हो । 

साउन २१ गतेदेखि १४ असोजसम्म कोभिड– १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरूको छनोट गरी केही नमूनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पुष्टि भएको हो । 

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म यो भेरियन्ट विश्वका विभिन्न देशमा फैलिएको छ भने कोरोना संक्रमणको दर पनि बढ्नेक्रममा रहेको छ । 

दीपावली, छठजस्ता पर्वमा हुने भीडभाडले संक्रमण अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पूर्ण  पालना गर्न आग्रह गरेको छ ।