मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारी अन्तरले हामी चुनाव जित्छौँ : मन्त्री मेटमणि चौधरी

भारी अन्तरले हामी चुनाव जित्छौँ : मन्त्री मेटमणि चौधरी


दाङ : जिल्लाको क्षेत्र नम्बर १ का वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने बताएका छन्।

शुक्रबार देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेश गर्दै भने, ‘गठबन्धनले प्रगतिशील एजेण्डा बोकेको छ । जनताले ठुलो त्याग र बलिदानी गरि निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो शर्त हो । नयाँ संविधान मार्फत् प्राप्त भएको संघीय गणतन्त्र, समावेसी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ ।

संविधानको रक्षा र यसको कार्यान्वयन मार्फत् विकास निर्माणको अगुवाइ गर्ने हाम्रो प्रतिवद्धता छ । जनताको चाहना पनि त्यही छ । त्यसमाथि पाँच दल एक ढिक्का भएका छौँ । उता प्रतिगामी गठबन्धनको अगुवाई एमालेले गरेको छ । यीनै कारणले गर्दा हाम्रो गठबन्धनले भारी अन्तरले चुनाव जित्दैछ ।’

जनताले संविधान विरोधी तत्वलाई राम्रोसँग चिनिसकेको बताउँदै मन्त्री चौधरीले गठबन्धनलाई जनताले जिताउँने निश्चित रहेकाले पाँच वटै राजनीतिक दल पनि विकास र सम्बृद्धिका लागि जवाफदेही हुनुपर्ने बताए ।