मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनको जितको यात्रालाई कुनै दुनियाको ताकतले रोक्न सक्दैन् : महर

गठबन्धनको जितको यात्रालाई कुनै दुनियाको ताकतले रोक्न सक्दैन् : महर


अछाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैन सिंह महरले गठबन्धनको जित सुनिश्चित भईसकेको बताए । अछाम जिल्ला एउटा ऐतिहासिक बिरासत बोकेको जिल्ला भएको भन्दै महरले यसपटक अछामी जनताले बिबेक प्रयोग गरी गठबन्धनलाई जिताउनेमा बिश्वास व्यक्त गरे ।

अछाम जिल्लाका सबै क्षेत्रको विकास र परिर्वतनको जिम्मा अब बन्ने सरकारले लिने भन्दै त्यसका लागि अछामबाट पुष्प बहादुर शाह नेतृत्वको गठबन्धनले जित्नुपर्ने बताए । गठबन्धको सत्ताको यात्राले कुनै दुनियाको ताकतले रोक्न नसक्ने उनले बताए ।

अछामको कमलबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मेची देखि काली जुरुकै उठेको भन्दै नेता महरले अछाम पनि जुरुकै उठ्नेमा बिश्वास गरे । ५ बर्ष गठबन्धनले सरकार चलाउने र विकासको जिम्मा पनि आफुहरुले लिने बताए ।

केपी ओलीतन्त्रले देशको संबिद्यान र लोकतत्त्र माथि प्रहार भएको भन्दै उनले त्यसका बिरुद्ध संबिधान जोगाउन गठबन्धन बनेको बताए । दुई दुई पटक संसद विघटन गरेर नेपाली जनतामाथि तुसापात हुने काम गरेको बताए ।

नेविसंघका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका केन्द्रिय सदस्य महरले नेपालको संबिद्यानको रक्षा, स्थितरता र देश र जनतालाई समृद्ध बनाउनका लागि गठबन्धन बनेको बताए ।