मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारको जनसागर देख्दा मैले पनि चुनाव जितिसकेको अनुभुती भयो : उपमहासचिव तुलाधार

कमलबजारको जनसागर देख्दा मैले पनि चुनाव जितिसकेको अनुभुती भयो : उपमहासचिव तुलाधार


चुनाव जितेपछिको पहिलो काम कमलबजार विमानस्थलको सिलान्यास हुने दाबी ।

अछाम : एकिकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधर गठबन्धनका उम्मेद्धारको जित सुनिश्चत भईसकेको र यसको औपचारिक्ता मंसिर ४ गते प्रष्ट हुने बताएका छन् ।

अछामको कमलबजार आयोजित सत्ता गठबन्धनको बिशाल चुनावी सभालाई सम्बोधन गर्दै तुलाधरले यसपटक सत्यको विजयी र असत्यको पराजय हुने बताए । कमलबजारको बिशाल जनसागरको उपस्थितीले आफुले पनि चुनाव जितिसकेको आभास भएको पनि उनले बताए ।

यस्ता गठबन्धन बेला बेलामा हुने गरेको बताउदैँ उनले बिगतमा दुई तिहाईको सरकार हुदाँ पनि केपी ओलीले त्यसको अवमुल्यन गरेको बताए । संबिद्यान र लोकतन्त्र माथि नै खतरा हुने खालको काम केपी ओली बाट भएकाले त्यसका बिरुद्ध संबिद्यान र लोकतन्त्र जोगाउन सयुक्त बाम लोकतान्त्रीक गठबन्धन बनेको बताए ।

केपी ओली ५ बर्षका लागि पाएको जनताको मतको कदर नगरी ३ बर्षमै उनलाई रिंगटा लागेको उनले बताए । चुनाव एक पर्व हो तर तुलाधारले भने यसपटकको चुनाव पर्व मात्रै होईन प्रतिगमन र अग्रगमन बिचको लडाई भएको बताए ।

एक अर्को प्रसंगमा बोल्दै नेता लुताधरले केपी ओलीका लागि भिम रावल सत्रु र कमल थापा मित्र भएको उल्लेख गर्दै ओलीले आफु बाहेक कोही पनि यो देशमा मान्छे छैन भन्ने दम्भ देखाएको बताए ।

गठबनधनका उम्मेद्धारले विजयी हासिल गरे पहिलो काम कमलबजारको विमानस्थल बनाउने जिम्मा अब बन्ने सरकारले लिने बताए । यसै जिल्लाका उम्मेद्धार पुष्प बहादुर शाह नै मन्त्री बनाउन आफु पहल कदमी लिने बिश्वास दिलाए ।