मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्षयकुष्ठ रोग सम्बन्धी समिक्षा कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न

क्षयकुष्ठ रोग सम्बन्धी समिक्षा कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न


अछाम: मंगलसेन नगरपालिकामा पालिका स्तरीय अर्धवार्षिक क्षयरोग, कुष्ठरोग समिक्षा तथा कोहार्ट विश्लेषण कार्यक्रम सम्पन्न भएको छ ।

मंगलसेन नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा शुक्रवार समिक्षा सहित सम्पन्न भएको हो ।

क्षयरोग सम्वन्धी तथ्यांक सुद्धिकरण,स्वास्थ्य सेवामा गुणस्तरीयता,रिर्पोटिङमा शुद्धता लगायतको विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ ।

मंगलसेन नगरपालिका स्वास्थ्य शाखा उप संयोजक ज्ञानु माझीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहोरा प्रमुख अतिथि रहेका थिए । नगर प्रमुख बोहाराले क्षयरोगको उपचारमा स्वास्थ्यकर्मीले विशेष ख्याल गर्नु पर्ने बताए ।

यस्तै दीर्घरोगी र सरुवा रोगीहरुका लागी नगरपालिकाबाट स्वास्थ्य सेवा प्रदानमा कुनै कमि नगर्न पनि सम्पुर्ण स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख संगीता रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सोडारी, प्रत्यक वडाका स्वास्थ्यचौकी प्रमुख, त्रिशुली प्लसका बिनोद ढुंगाना, जिल्ला अस्पतालका क्षयरोग एचआईभी फोकल पर्सन हिमाल ढुंगाना, ल्याव असिस्टेन्ट टोप बिष्ट लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजिकरण तथा सञ्चालन मंगलसेन नगरपालिका क्षयरोग फोकल पर्सन कृष्ण प्रसाद जैशीले गरेका थिए ।