मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेश : सभामुख चयन प्रक्रिया अनिश्चित, ११ बजे सर्वदलीय बैठक बस्दै

सुदूरपश्चिम प्रदेश : सभामुख चयन प्रक्रिया अनिश्चित, ११ बजे सर्वदलीय बैठक बस्दै


अछाम: सुदूरपश्चिम प्रदेशमा सभामुख चयन प्रक्रिया अनिश्चित बनेको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक बस्न नसकेपछि सभामुख चयनको प्रक्रिया अनिश्चित बनेको हो।

शुक्रबार अनिश्चितकालका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाउने बारे छलफल गर्न शनिबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाईएको छ। बैठकले प्रदेश सभा बैठक सञ्चालन र सभामुख चयनका लागि मतदान गर्ने विषयमा निर्णय लिने बताइएको छ ।

बिहीबार भएको मतदानमा सभामुखमा कसैको पनि बहुमत पुग्न नसकेपछि शुक्रबार बिहान ११ बजेको लागि बैठक बोलाइएको थियो। तर, हिजोको सर्वदलीय बैठकमा कांग्रेसले निर्वाचन प्रक्रिया सुरुबाट गर्नुपर्ने भनेपछि सहमति हुन सकेन। प्रदेश सभा बैठक बोलाएर सभाध्यक्ष शिवराज भट्ट सम्पर्कविहीन भएपछि बैठक अनिश्चित बनेको थियो।

यहाँ सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन्।