मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल रेडक्रस सोसाइटी पञ्चदेवल उपशाखा गठन

नेपाल रेडक्रस सोसाइटी पञ्चदेवल उपशाखा गठन


अछाम: नेपाल रेडक्रस सोसाइटी पञ्चदेवल विनायक उपशाखा गठन भएको छ । विद्यामन्दिर नमुना माद्यामिक बिद्यालयको शभाहलमा शनिवार प्रथम साधारण सभा गरेर पञ्चदेवल उपशाखा गठन गरिएको हो ।
रेडक्रसका आधारभूत सिद्धान्तहरु मानवता, निस्पक्षता,तटस्थता,स्वाधीनता, स्वयम्सेवा,एकता,विश्वव्यापकतालाई आत्मसाथ गर्दै नेपाल प्रेस युनियन अछामका बरिष्ठ उपाध्यक्ष समेत रहेका लोकराज ढकाल (एलआर)को अध्यक्षतामा ११ सदस्य सहितको कार्यसमिति गठन गरिएको छ ।


रेडक्रसका माथि उल्लेखित सात वटा सिद्धान्तमा रहि काम गर्ने प्रतिबद्धता समेत नयाँ कार्यसमितिले जनाएको छ ।
प्रथम साधारणसभामा पञ्चदेवल नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने नेपाल रेडक्रस सामाजिक संस्था भएकाले निस्वार्थ ढंगबाट सामाजिक काम गर्न आग्रह गरेकी छन् ।

स्थानीय सरकारबाट यस संस्थालाई आवश्यक सहयोग गर्ने समेत बताईन । साधारसभामा पञ्चदेवल नगरपालिकाका नगरउपप्रमुख हर्क रावल,नेपाल रेडक्रस अछामका अध्यक्ष रतन प्रसाद ढुंगाना,मन्त्री धुर्व कुमार शाही,पुर्व जिल्ला सभापती बिर्केस बोगटी लगायत राजनितिक दलका पदाधिकारी,सामाजिक संघ संस्थाका पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।