मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर महोत्सब :अछामी मौलिकता जोगाउने मुख्य उदेश्य

साँफेबगर महोत्सब :अछामी मौलिकता जोगाउने मुख्य उदेश्य


अछाम: जिल्लाको प्रमुख ब्यापारी केन्द्र साँफेबगरमा पाँचौ साँफेबगर महोत्सव हुने भएको छ । आछमको मौलिक संस्कृती,भेषभूषा,रीतिरिवाजको संरक्षण तथा प्रबद्र्धन गर्ने मुख्य उदेश्यका साथ यही माघ २४ गते बाट फाल्गुन १ गते सम्म साँफेबगरको सिसमघाडीमा महोत्सव हुन लागेको हो ।

चेम्बर अफ कमर्स प्रदेश कमिटि सदस्य भरत खड्काको संयोजकत्वमा बसेको बैठकले ७१ सदस्यिय मुल आयोजक समिति गठन गरेको छ । महोत्सब मुल आयोजक समितिको संयोजकमा अछाम चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष खेमराज ढुंगानालाई तोकेको छ ।

पाँचौ साँफेबगर महोत्सबको आयोजना अछाम चेम्बर अफ कमर्सले गर्न लागेको हो ।