मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एक विद्यालयका प्रधानाध्यापक ३ दिनदेखि बेपत्ता

अछाममा एक विद्यालयका प्रधानाध्यापक ३ दिनदेखि बेपत्ता


अछाम: जिल्लामा एक विद्यालयका प्रधानाध्यापक ३ दिनदेखि बेपत्ता भएका छन् । मंगलसेन नगरपालिका १३ बस्तीका ३५ बर्षका जगत बहादुर साउँद यही माघ २ गतेदेखि बेपत्ता भएका हुन् ।

सोही ठाउँमा रहेको शिव आधारभूत विद्यालयका प्रधानाध्यापक साउँद माघ २ गते बेलुकी ६ बजेतिर घरबाट निस्केका र त्यसपछि घर नफर्केका उनका भाई आनन्द साउँदले बताए । ३ दिन भैसक्दा समेत घर नफर्केका र सम्भावित सबै ठाउँमा खोजि गर्दा समेत फेला नपरेपछि उनको परिवार चिन्तामा परेका छ ।

हिजो सम्म उनले प्रयोग गरेको मोवाईमा फोन गएको तर नउठेको र आज फोन समेत नलागेको भाइ साउँदको भनाई छ । उनको खोजिका लागि प्रहरीलाई खबर गरिसकेको र खोजीका लागि प्रहरी टोली परिचालन भैरहेको अछाम प्रहरीले जनाएको छ ।