प्रदेश समाचार

लोक सेवामा अवसर गुमाएका १४ जना लाई पञ्चदेवल नगरपालिकाले जागिर दिने

अछाम: जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा १४ जनाका लागी जागिर खुलेको छ । नगरपालिकामा सेवा करार लिने सम्बन्धी आइतवार सूचना जारी गर्दै विभिन्न पदका लागी दरखास्त आह्वानका लागी सूचना प्रकाशन भएको हो ।

पशु चिकित्सक अधिकृत छैठौं १ जना,कृषि अधिकृत छैठौं १ जना,नायव पशु सेवा प्राविधिक सहायक चौथौं २ जना,हेल्थ असिस्टेन्ट सहायक पाचौं २ जना,अ.हे.व सहायक चौथौ ४ जना,ल्याव असिस्टेन्ट सहयाक चौथौ ४ जना का लागी एक हप्ते सूचना जारी गरिएको पदपुर्ती समिति संयोजक डम्बर बहादुर थापाले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा विभिन्न प्रदेशमा लोकसेवा आयोगको विभिन्न विज्ञापनबाट सम्बन्धित पदको अस्थायी तथा वैकल्पिक योग्यताक्रममा समावेश भएका उम्मेदवारले मात्रै दरखास्त आह्वान गर्न पाउने भएका छन ।

पञ्चदेवल विनायक नगरपालिकाले आईतवार सूचना जारी गरे संगै स्वागतयोज्ञ कार्यको थालनी भन्दै नेतृत्वको प्रसंसा समेत गरिएको छ ।
आईतवार प्रकाशित सूचना

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)