प्रदेश समाचार

पञ्चदेवल विनायकको कालो दिन

  • वडा अध्यक्ष धामीको हत्या भएको तीन बर्ष पुग्यो

अछाम: लिल्लाको जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले माघ २० गते लाई कालो दिनका रुपमा लिने गरेको छ ।
वडा नम्वर २ विनायकका तत्कालिन वडा अध्यक्ष स्व. पदम बहादुर धामीको सम्झनामा हरेक बर्षको माघ २० अर्थात आजको दिनलाई कालो दिनको रुपमा लिने गरिएको हो ।

वडा नम्वर २ विनायकका जननिर्वाचित प्रथम वडा अध्यक्ष पदम बहादुर धामीको मिति २०७६ माघ २० गते हत्या भएको दिनलाई स्मरण गर्दै हरेक बर्ष माघ २० गतेका दिनलाई कालो दिनको रुपमा लिन नगरक्षेमा सार्वजानिक विदा समेत दिइएको छ ।

माघ २० गते राती १० बजे तिर विनायक बजारबाट घर जान्छुँ भनि हिँडेका वडा अध्यक्ष विहान बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा मृतावस्थामा भेटिएका थिए ।

४० बर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली कांग्रेस बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)