प्रदेश समाचार

व्यवसायी जैसीकाे असामयिक निधन

अछाम: जिल्लाकाे मंगलसेन बजारमा व्यवसाय गर्दै आएका भएका एक जना व्यवसायीकाे असामयिक निधन भएको छ ।

मंगलसेन बजारमा विगत ३ बर्षदेखि जे के बि अप्टिकल चस्मा पसल सञ्चालन गर्दै आएका करिब ४८ बर्षका जन्मराज जैसीको बिहिबार राति असामयिक निधन भएको अछाम उद्योग बाणिज्य संघका पूर्व महासचिव खेमराज ढुंगानाले बताए ।

खाना खाँदै गर्दै सर्किएर बान्ता भएको र उपचारकाे लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटाेमै एक्कासी मृत्यु भएको महासचिव ढुंगानाको भनाइ छ । हृदयघातका कारण ज्यान गएकाे चिकित्सककाे भनाइ छ ।

मंगलसेन -७ घर भई हाल कैलालीकाे भजनी बस्दै आएका उनकाे निधनकाे शाेकमा मंगलसेन बजार बन्द गरिने उद्योग बाणिज्य संघ अछामका महासचिव छत्र बहादुर बाेहराले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)
सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तारको गृहकार्य, यी हुन् सम्भावित अनुहार
एल पी शर्माको ‘लिलु’ लाई उत्कृष्ट देउडा गीतको अवार्ड