मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकास्थानमा सञ्चालित पशु स्वास्थ्य शिविरमा १ सय जना बढीले सेवा लिए

कालिकास्थानमा सञ्चालित पशु स्वास्थ्य शिविरमा १ सय जना बढीले सेवा लिए


अछाम :पञ्चदेवल विनायक नगरपालिकाकाे वडा नम्बर ४ कालिकास्थानमा १ दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
नगरपालिकाकाे आयाेजना तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र अछामको साझेदारीमा बिहीबार शिविर सञ्चालन भएको हाे ।
पशु स्वास्थ्यकाे राेग पहिचान गरि राेग निदान गर्ने र पशुवस्तुमा संक्रमण हुन नदिने उद्देश्यले १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेको पशु सेवा शाखा संयाेजक प्रेम जैसीले जानकारी दिए ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र अछामका डाक्टर चिरञ्जीवी रेग्मी लगायतका पशु प्राविधिकद्वारा सञ्चालित १ दिने शिविरमा १ सय जना भन्दा बढीले सेवा लिएको नगरपालिका शाखा संयाेजक जैसीले बताए ।