मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम: मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त

सुदूरपश्चिम: मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त

सुदूर आज

अछाम: सुदूरपश्चिम प्रदेश सरकारकाे मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि ठूलो दलका हैसियतले काँग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।

यसैगरी सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहण भोलि हुने जानकारी दिएको छ।

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीवार साँझ मुख्यमन्त्रीमा नियुक्त गरे। विश्वासको मत नपाएपछि बिहीवार साँझ रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा दिएका थिए। रावल नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा पुस २७ मा मुख्यमन्त्री बनेका थिए। उन्मुक्तिले विश्वासको मत नदिएपछि रावल आजै पदमुक्त भएका हुन्।

अहिले मुख्यमन्त्री नियुक्त शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनले १० हजार ४३३ मत ल्याएका थिए।

काँग्रेसको केन्द्रीय महाधिवेशनमा शेखर कोइराला पक्षमा रहेका उनी जिल्ला अधिवेशनदेखि संस्थापन अर्थात् देउवा पक्षमा छन्। उनी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका थिए।

प्रदेशसभामा नेपाली काँग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, सांसद छन्। नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४‚ राप्रपाका १ सांसद र एकजना स्वतन्त्र छन्।

संविधानको धारा १६८ (२) अनुसार २७ पुसमा मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता रावलले विश्वासको मत नपाएपछि उनी बिहीबार नै पदमुक्त भएका थिए।

धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाएमा सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

त्यसअनुसार १९ सिटसहित प्रदेशसभामा ठूलो रहेको नेपाली काँग्रेसको संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।Thahakhabar