मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर प्रथम भएका खेलाडीलाई मंगला नेरा माविद्धारा सम्मान

नगर प्रथम भएका खेलाडीलाई मंगला नेरा माविद्धारा सम्मान


अछाम । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ९ मा रहेको मंगला नेपाल राष्ट्रिय माध्यामिक विद्यालय वलिगाउँले खेलाडीलाई बधाई सहित सम्मान गरेको छ ।

विद्यालयले एक कार्यक्रमको आयोजना गरि नगरमा प्रथम भएपछी प्रथम, द्धितिय, तृतिय, सहित सहभागी खेलाडी र प्रशिक्षकलाई खादा, अब्बिर र नगद सहीत सम्मान गरेको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भैरव सिंह बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर बोहरा र ८ अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा बिशिष्ट अतिथी रहनु भएको थियो ।

प्रमुख अतिथी र बिशिष्ट अतिथीले खेलाडीलाई बधाई दिदै शैक्षिक गुणस्तरसँगै खेल क्षेत्रलाई स्थान दिएर अघि बढन आग्रह गरे । वडाको तर्फबाट हुने सहयोग निरन्तर जारी रहने प्रतिबद्धता समेत जनाए ।

विद्यालयबाट सहभागी ३३ जना खेलाडी र प्रशिक्षकलाई नगरबाट प्राप्त नगद, जिल्ला समन्वय समिती प्रमुख ललित बहादुर कुवर, विद्यालय प्रशासन, वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, ९ का अध्यक्ष पदम बहादुर बोहरा र अभिभावक राजेन्द्र बहादुर रावलले प्रदान गर्नु भएको नगद रकम हस्तान्तर गरिएको थियो ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक धर्म बहादुर रावल, अभिभावक तकेन्द्र रावल, खेलकुद प्रशिक्षक रेबन्त बहादुर बिष्ट, छात्रा सृजना बुढाले बधाई मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य रेखा रावल, वडा सदस्य पुष्प बहादुर रावल, मथुरा दमाई, अभिभावक राजेन्द्र रावल लगाएतका अतिथी रहनु भएको थियो ।

विद्यालयका माध्यामिक तह ईञ्चार्ज धनकला ठकुल्लाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन लेखापाल कमल रावलले गर्नु भएको थियो ।