मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मालिका आधारभूत बिद्यालय ठुलासेनको २६ औं अभिभावक भेला सम्पन्न

मालिका आधारभूत बिद्यालय ठुलासेनको २६ औं अभिभावक भेला सम्पन्न


अछाम: मालिका आधारभूत बिद्यालय ठुलासेनको २६ औं अभिभावक भेला तथा बार्षिक उत्सव सम्पन्न भएको छ ।
मंगलसेन नगरपालिका वडा नम्बर-६ ठुलासेनमा रहेको उक्त बिद्यालयको शुक्रबार अभिभावक भेला,बार्षिक उत्सव सहित सामाजिक परिक्षण गर्दै सम्पन्न भएको हो ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मंगलसेन नगरपालिका नगर उपप्रमुख संगीता रावल सोडारी प्रमुख अतिथि रहेका थिए।
प्रमुख अतिथिको रुपमा बोल्दै उप प्रमुख सोडारीले आफ्ना नानीबाबुहरुलाई सरकारी विद्यालयमै पठपाठन गराउन आग्रह गरिन् । शिक्षकहरु लगनशील हुन अभिभावकले विद्यालय र आफ्ना बालबच्चा प्रति उत्तरदायी हुनु पर्ने औंल्याइन्।
मालिका आविको जिर्ण भवन र निजि स्रोतका शिक्षकहरुको समस्या समाधानका लागि नगरपालिकाको कार्यपालिकामा प्रस्ताव लिने आश्वासन उपप्रमुख सोडारीले दिइन् ।

यस्तै कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी, वडा नम्बर ७ का वडा अध्यक्ष राज बहादुर शाही, वडा नम्बर ६ का निवर्तमान वडा अध्यक्ष जनकराज भण्डारी ,नगरपालिकाका शिक्षा शाखा प्रमुख जगत बहादुर रावल बिशिस्ट अतिथि रहहेका थिए।

भेलामा वडा सदस्य जन्मराज भण्डारी, गोकर्ण प्रसाद ढुंगाना, नेपाली कांग्रेसका वडा सभापति गंगाराम भण्डारी, नेकपा एमालेका वडा कमिटी अध्यक्ष राम प्रसाद भण्डारी, गंगा माविका प्रअ मोतिराम भण्डारी, विद्यालयका संस्थापक सेतिराम भण्डारी, टंक प्रसाद भण्डारी, देवि प्रसाद भण्डारी, मालिका सामुदायिक बनका सचिव भवानी प्रसाद भण्डारी, अभिभावक निर्मला भण्डारी, बल क्लबका अध्यक्ष नवीन ढुंगाना लगायतले शुभकामना मन्तब्य राखे ।

कार्यक्रममा वडा नम्बर ६ को वडा कार्यालय तथा वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीको सहयोगमा विद्यालयका जेहेन्दार तथा विपन्न ३६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

भेलामा विद्यालयका प्रधानाध्यापक टेकराज भण्डारीले समसामयिक प्रतिवेदन सहित आर्थिक बर्ष २०७८/७९ को ३४ लाख ७६ हजार ६ सय ७ रुपैयाँको आय व्यय विवरण प्रस्तुत गरेका थिए भने आव 0७९/८० को १ करोड २५ लाख ५५ हजारको अनुमानित आयव्यय प्रस्तुत गरेका हुन्।

भेलामा शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द सोवले स्वागत स्वागत गरेका थिए भने विद्यार्थीहरुले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका हुन् ।

कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भक्तराज ढुंगानाले गरेका हुन्।