मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवाहरुको गतिशीलता माथी नगरउपप्रमुख रावलको प्रश्न ? पवित्र पञ्चदेवल बनाउन एक जुट हुनुहोस ?

युवाहरुको गतिशीलता माथी नगरउपप्रमुख रावलको प्रश्न ? पवित्र पञ्चदेवल बनाउन एक जुट हुनुहोस ?


अछाम: पञ्चदेवल विनायक नगरपालिकाका नगरउप्रमुख हर्क बहादुर रावलले नगरक्षेत्रका युवाहरुको गतिशीलता माथी प्रश्न उठाएका छन् । पछिल्लो समयका युवा पुस्ताहरुले एकआपसको सद्भावना गुमाएको र राजनितिक मोह बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नगर युवा सञ्जाल गठन कार्यक्रममा बोल्दै उनले पञ्चदेवलको पवित्र भूमि युवाहरुका गलत क्रियाकलापका कारण अपवित्र बनेकाले युवाहरुले जागरण अभियान सहित नगरक्षेत्रको विकासका लागी अग्रसर भएर लाग्नु पर्ने सुझाव दिएका छन् ।
रुपान्त्रणका सकारात्मक कार्यका लागी युवाहरुले गरेको कामको प्रशंसा गर्दै उपप्रमुख रावलले कार्ययोजना सहित नगरमा युवाहरु आए उनिहरुका पक्षमा नगरपालिका सकारात्मक रहने बताए ।

पञ्चदेवल विनायक नगरपालिकामा नगरस्तरीय युवा सञ्जाल गठन गरिएको छ । ‘कृषि पर्यटन र पुर्वाधार विकासको सपना आधुनिक र सम्पन्नशाली नगरको रचना’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै हृदयराज तिमिल्सैनाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

जिल्ला युवा सञ्जाल अछामको आयोजना,पञ्चदेवल विनायक नगरपालिका र वाक नेपालको सहयोगमा सोमबार जानकी होटलको सभा हलमा एक कार्यक्रमको आयोजना गरि युवा सञ्जाल गठन गरिएको होे ।

कार्यक्रममा पञ्चदेवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रेग्मी विशिष्ट अतिथि रहेका थिए । यस्तै अन्य अतिथिहरुमा शिक्षा युवा तथा खेलकुद शाखा संयोजक डम्बर बहादुर थापा,जिल्ला युवा सञ्जाल अछामका उपाध्यक्ष दिपेन्द्र बहादुर धामी,नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष रमेश रावत,वाक नेपालका भजन विश्वकर्मा,जानकाी चलाउने लगायतको सहभागीता रहेको थियो ।
नगर युवा सञ्जालका संयोजक रमेश शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वाक नेपालका रमेश रावलले गरेका थिए ।
गठन प्रक्रिया
लोगराज ढकालको संयोजकत्वमा तपेन्द्र बहादुर धामी,दिनेश केसीको तीन सदस्यीय निर्वाचन समितिले हृदय तिमिल्सैनाको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिलाई सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्ष पदका लागी सागर देवकोटाको पनि उम्मेद्धारी रहेको थियो ।
साथै युवा सञ्जालको सल्लाहकार समितिमा दिपेन्द्र धामी संयोजक रहनेगरि सदस्य रमेश कुमार शाही,दिनेश केसी,सागर देवकोटा,तपेन्द्र धामी,सुशिल बटाला,दुर्गा खनाल सल्लाहकार समितिमा रहेका छन् ।