मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा कृषि विकासका कायर्यक्रम व्यक्तिप्रधान भएको गुनासो

सुदूरपश्चिममा कृषि विकासका कायर्यक्रम व्यक्तिप्रधान भएको गुनासो


अछाम: प्रदेश कृषि कार्यक्रम कार्यान्वयन तथा समन्वय सम्बन्धि अन्तरक्रिया तथा गोष्ठि कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।
सुदूरपश्चिम कृषि विकास निर्देशनालय राजपुर डोटीको आयोजनामा बिहिबार अछाम बहुमुखी क्याम्पसको सभाहलमा जिल्लाका सम्बन्धित सरोकारवालहरु संग कृषि तथा पशुपन्क्षीका समस्यामाथी अन्तरक्रिया गर्दै सम्पन्न भएको हो ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कृषि विकासका क्षेत्रमा सरकार उदासीन बनेको सहभागीहरुले बताएका छन् ।
विभिन्न पालिकाका शाखा अधिकृतले कृषि विकासका लागी आउने बजेट तथा अनुदानका कार्यक्रम व्यक्तिप्रधान भएको भन्दै गुनासो गरेका छन् ।

प्रदेश सरकारबाट कृषि विकास तथा पशु स्वास्थ्य संग सम्बन्धित कार्यक्रमहरु स्थानीय तहहरुबाट बिनासिफारिस कार्यान्वयन हुने गरेकाले सम्बन्धित लाभग्राहीहरु मर्कामा पर्नुका साथै कार्यक्रमहरु समेत प्रभावकारी कार्यान्वयन नहुने गरेको कार्यक्रममा सहभागीहरुको भनाई छ ।

योजना छनोट तथा प्रभावकारी कार्यान्वयन गर्न आगामी दिनमा थप रणनीतिका साथ काम गर्ने कृषि निर्देशनालयले प्रतिक्रिया दिएको छ ।

कृषि विकास निर्देशनालय राजपुर डोटीका प्रमुख यज्ञराज जोसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुवँर प्रमुख अतिथि रहेका थिए ।