मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै रोगको निःशुल्क स्वास्थ्य शिविर पञ्चदेवल नगरपालिकामा

सबै रोगको निःशुल्क स्वास्थ्य शिविर पञ्चदेवल नगरपालिकामा


अछामः पञ्चदेवल नगरपालिकामा स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर आजबाट सुरु भएको छ ।

पञ्चदेवल विनायक नगरपालिकामा २ दिने एकीकृत निःशूल्क स्वास्थ्य शिविर विद्यामन्दिर नमुना माबीमा सञ्चालन भएको स्वास्थ्य शाखा संयोजक तथा जनस्वास्थ्य निरीक्षक जनक बुढाले जानकारी दिए ।

फाल्गुन ७ र ८ गते जिल्लाको पूर्वी भेगमा काठमाण्डौँ मेडिकल कजेलसंगको सहकार्यमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, मुटुरोग, मानसिक तथा नसा रोग, हार्डजोर्नी तथा नसारोग, छाला तथा यौन रोगको उपचार निशुल्क हुनेछ । यस्तै शिबिरमा नाक, कान, घाँटी, दन्त सेवा, न्यूरो सर्जरी, मृगौला रोग, भिडियो एक्सरे, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण लगायतका सेवा दिइने नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य शाखा संयोजकका अनुसार शिविरमा जटिल खालका बिमारी फेला परे उसको पारिवारिक स्थिति हेरेर नगरपालिकाले काठमाण्डौ सम्म पुगाएर सल्यक्रिया समेत निःशुल्क गर्ने भएको छ ।

निःशूल्क स्वास्थ्य शिविर बाट प्रदान हुने सेवा