ब्यानर

पञ्चदेवलको नि:शुल्क स्वास्थ्य शिविरबाट करिब ४ हजारले सेवा लिए

अछाम : पञ्चदेवल विनायक नगरपालिकाकाे स्वास्थ्य शिविर बाट करिब ४ हजार सेवाग्राहीले सेवा लिएका छन् ।

फाल्गुन ७ गते बाट सुरु भएको २ दिने नि:शुल्क एकीकृत स्वास्थ्य शिविर बाट ३ हजार ७ सय ६२ जनाले सेवा लिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

जिल्लाकाे पुर्वी भेगका साथै छिमेकी जिल्ला दैलेख र कालिकोटका अधिकांस नागरिक सेवा लिन विनायक पुगेका थिए ।

नि:शुल्क स्वास्थ्य शिविर बाट १ सय ८२ जना जटिल खालका बिरामी भेटिएको र उनिहरुलाई काठमाडौं सम्म लगेर उपचार गराउन नगरपालिका तयार रहेको नगरपालिका प्रमुख अम्बिका चलाउनेले बताइन्।

पञ्चदेवल विनायक नगरपालिकाकाे आयाेजना र काठमाडौं मेडिकल कलेजको सहजीकरणमा सञ्चालन भएको शिविर समापन समाराेहमा बाेल्दै नगरप्रमुख चलाउनेले यस क्षेत्रको स्वास्थ्य सेवामा निरन्तर चिन्ता लिइरहने बताइन् ।

नागरिककाे स्वास्थ्य राम्रो भए मात्रै सबै थाेक स्वस्थ हुने भएकाले आफू पदमा रहे नरहेपनि निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जाेड दिने नगरप्रमुखकाे भनाई छ ।

यस्तै समापन कार्यक्रममा नगरउपप्रमुख हर्क रावलले नगरको स्वास्थ्य सेवामा ठुलाे टेवा पुगेको अपेक्षा गरेका छन् ।
नगरपालिका भित्रका थुप्रै असहाय,अपांग आर्थिक स्थिति न्यून भएकाहरुका लागि स्वास्थ्य शिविर ठुलाे राहत भएको बताए ।

उपलब्ध सेवाहरु

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)