मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जिल्ला खेल क्षेत्रको उर्वर भूमि हो : प्रदेश सांसद रावल (भिडियो सहित)

अछाम जिल्ला खेल क्षेत्रको उर्वर भूमि हो : प्रदेश सांसद रावल (भिडियो सहित)


अछाम: सुदूपश्चिमको अछाम जिल्ला खेल क्षेत्रको उर्वर भूमि रहेको सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कल रावलले बताएका छन् ।

तुर्माखाँद गाउँपालिकामा आयोजित जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै सांसद रावलले खेलकुद क्षेत्रमा अछामको छुट्टै पहिचान भएको बताएका हुन् ।

भलिबल लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी भई अछामका खेलाडीहरुले छुट्टै पहिचान बनाएको उनको भनाई छ । नेपालका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको इतिहास बताउँदै उनले यस प्रतियोगीताबाट सन्दीप लामिछाने,पारस खड्का जस्ता खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।

साथै खेल अनुशासन संग जोडिएकाले अनुशासीत र मर्यादित भएर विभिन्न विधाका खेलमा आफ्नो उत्कृष्ट प्रद्धर्शन गर्न सम्पुर्ण खेलाडीहरुलाई सांसद रावलले आग्रह गरेका हुन् ।

१३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट तुर्माखादमा सुरु भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नेकपा एमालेका नेता पूर्व उप प्रधान तथा रक्षा मन्त्री डाक्टर भीम रावलले उद्घाटन गरेका हुन् ।