मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघ अछामको अध्यक्षमा खेमराज खड्का

नेविसंघ अछामको अध्यक्षमा खेमराज खड्का


अछाम । नेपाल बिद्यार्थी संघ अछामको अध्यक्षमा खेमराज खड्का चयन भएका छन् । जिल्लाको चौरपाटी गाउँपालिका निवासी खड्का नेपाली काँग्रेसको भातृ संगठन ने.बि.संघमा लामो समय देखि सक्रिय भुमिकामा छन् ।

काँग्रेस पार्टीको बिभिन्न कार्यक्रममा सक्रिय सहभागीता जनाई नेतृत्व दायि भुमिका निभाउदै आएका खड्कालाई नेबिसंघ केन्द्रीय कार्यसमितिले जिल्ला अध्यक्षको रूपमा जिम्मेवारी दिएको छ ।

जिल्लामा बिगत देखिनै बिभिन्न बिद्यालयमा संगठन बनाउदै आएका खड्का अहिले जिल्ला अध्यक्षमा मनोनित भएका छन् ।नेपाली काँग्रेस अछाम जिल्ला कार्यसमितिले अछामबाट आकांक्षी बिद्यार्थी नेताहरूको नाम ने.बि.संघ केन्द्रीय कार्यालयमा सिफारिस गरेको थियो ।