मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समृद्ध बान्नीगढीका लागी जनअपेक्षा अनुरुप काम भैरहेको छ: अध्यक्ष साउँद (कुराकानी)

समृद्ध बान्नीगढीका लागी जनअपेक्षा अनुरुप काम भैरहेको छ: अध्यक्ष साउँद (कुराकानी)


अछाम: बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले जनअपेक्षा अनुरुप काम गरिरहेको बताएका छन् । रेडियो रामारोशनको बहसमुलक कार्यक्रममा बोल्दै उनले शिक्षा,स्वास्थ्य,खानेपानी लगायतका आधारभूत आवश्यकताहरुमा जनताले महसुस गर्ने गरि काम गरिरहेको बताएका हुन् ।

सदिऔँ देखि मुख्य ब्यापारी केन्द्र जयगढ बजारमा थुर्पिदै आएको फोहोर व्यावस्थापन गरेको,गाउँपालिकाको बिकट क्षेत्र दर्नामा प्रहरी चौकी स्थापनाका लागी सम्पुर्ण तयारी भएको,जयगढ बजारको मुख्य समस्याका रुपमा रहेको खानेपानी आपुर्तीका लागी ८० लाख बजेट विनियोजन गरेर टेन्डर आह्वान गरेको,गाउँकार्यपालिकाको भवन निर्माण प्रारम्भ भएको लगायतका महत्वपुर्ण विकास निर्माणका कार्यलाई अध्यक्ष साउँदले आफ्नो कार्यकालको पहिलो बर्षको उपलब्धि ठानेका छन् ।

बान्नीगढी गाउँपालिका सम्म पुग्ने सडक बाटो हिलाम्मे र धुलाम्मे कहिले सम्म भन्ने प्रश्नमा उनले ठेकेदारको लापर्वाहीका कारण सडकको स्तरोन्नति हुन नसकेको बताए । प्राय हिलाम्मे र धुलाम्मे भइरहने जयगढ रोड बजार देखि एक्लेसल्ला बजार सम्म सडक बाटो निर्माणको जिम्मा पाएको बद्रगुरु कन्ट्रक्सन प्रालीले तीन बर्ष देखि काम गरेपनि बाटो सुध्रिएको छैन् ।

ठेकेदार कम्पनीलाई पटक पटक ताकेदा गर्दापनि लापर्बाही गरिरहेको अध्यक्ष साउँदले आरोप लगाए ।
फरक प्रसंगमा बोल्दै उनले गाउँपालिका भित्रका नागरिकलाई सहज हुने गरि बैंक संग समन्वय गर्दै सर्वसाधारणको घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको बताएका छन् ।