प्रदेश समाचार

देश विकासको एजेन्डा एमालेले आत्मसाथ गरेको छ : पूर्व मन्त्री थापा

कृष्ण बहादुर बुढा ,अछाम

अछाम: नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उद्योग मन्त्री कर्ण बहादुर थापाले एमालेले जनताको जिविका, देशको समृद्धि र विकासको एजेन्डालाई आत्मसाथ गरिरहेको बताएका छन्।

नेकपा एमाले ढकारी गाउॅंपालिका कमिटीको आयोजनामा मिसन ग्रासरूट अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेता थापाले एमालेले सरकारमा हुँदा र नहुँदा पनि देशको विकास, राष्ट्रियताको रक्षा र जनतालाई अनुभूति हुने गरि काम गरेको दाबी गरे।

नेकपा एमाले पालिका कमिटी अध्यक्ष अमर सिंह बुढा को अध्यक्षतामा शुरू भएको मिसन ग्रासरूट प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उधोग मन्त्री थापाले देशमा विकासको लहर ल्याउने, हरेक पालिकामा अस्पताल बनाउने, पालिका जोड्ने सडक कालो पत्रे गर्ने, जेष्ठ नागरिक लगायतलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने काम एमालेले ल्याएको बताए।
कार्यक्रमका विशिष्ट अतिथि एमाले केन्द्रीय सदस्य आशा बिक ले हाल देशमा राजनीतिक अस्थिरताको खेल चलेको भन्दै अब एमाले आफ्नै बलबुतामा जनताको साथमा अघि बढ्दै बहुमत सहित देश चलाउने संकल्प गरिरहेको बताईन् ।

मिसन ग्रासरूट अभिमुखिकरण कार्यक्रममा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कमल प्रसाद तिमिल्सैना, जिल्ला कमिटी अछामका अध्यक्ष चन्द्र बहादुर बोहरा, प्रदेश कमिटी सदस्य शिव प्रसाद उपाध्याय तथा नेकपा एमाले अछामका सचिवालय सदस्य तथा ढकारी गाउॅं कमिटी इन्चार्ज टोप बहादुर शाहीले मन्तब्य राखेका थिए ।

नेकपा एमाले ढकारी गाउॅं कमिटीका उपाध्यक्ष भवानी प्रसाद उपाध्यय को स्वागत मन्तब्यबाट शुरू भएको मिसन ग्रासरूट अभिमुखिकरण कार्यक्रममा गाउॅं कमिटी सचिव नहकुल साउदले सन्चालन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)