प्रदेश समाचार

पञ्चदेवल नगरपालिकाले तामझामका साथ बार्षिकोत्सव मनाउने

अछाम: पञ्चदेवल विनायक नगरपालिकाले पहिलो स्थापना दिवस मनाउन लागेको छ ।

अछामको पूर्वी भेगमा अवस्थित पञ्चदेवल नगरपालिकाले यही फाल्गुन २७ गते शनिवार तामझामका साथ नगर बार्षिकोत्सव मनाउन लागेको हो ।

२०७३ साल फाल्गुन २७ गते स्थापना भएको पञ्चदेवल नगरपालिकाले आफ्नो पहिलो बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउन लागेको नगरउप्रमुख हर्क बहादुर रावलले बताए ।

बार्षिकोत्सवको अवसरमा नगरपालिकाको प्रतिवेदन प्रस्तुत,निवर्तमान नगरसभा सदस्यहरुलाई सम्मान तथा कदरपत्र वितरण,नगरक्षेत्रका मारुनी नृत्य,हुड्क्यौली,रत्यौडी,पञ्चेबाजा सहितको झाँकी प्रस्तुति,विभिन्न कलाकारहरुको बजोड प्रस्तुती रहने पनि नगरपालिकाले जानकारी दिएके छ ।

यसै बिच
नगर उद्योग बाणिज्य संघद्धारा पुर्वसन्ध्यामा बजार सरसफाई

नगर उद्योग बाणिज्य संघ बिनायकले बिनायक बजार सरसफाई गरेको छ । शनिबार हुने नगरपालिकाको बार्षिक उत्सबको पुर्वसन्ध्यामा बजार सफाई गरिएको हो ।
केहिदिन अघि गठन भएको बाणिज्य संघले पन्चदेवल बजार र बिचबजारमा रहेको फोहोर उठाएको संघका महासचिब भिमबहादुर नेपालिले बताए ।

नगर उद्योग बाणिज्य संघका अध्यक्ष केशवराज तिमिल्सैनाको नेतृत्वमा गरिएको बृहत् सरसफाइ कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष दुर्गा प्रसाद तिमिल्सैना, वडा नम्बर ५ का पुर्व वडाअध्यक्ष कुल बहादुर बुढा लगायतका जनप्रतिनिधिको सहभागिता थियो ।

उद्योग बाणिज्य संघका पदाधिकारी , प्रहरी र ब्यापारीको सहभागीतामा सफाई गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)