मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एल पी शर्माको ‘लिलु’ लाई उत्कृष्ट देउडा गीतको अवार्ड

एल पी शर्माको ‘लिलु’ लाई उत्कृष्ट देउडा गीतको अवार्ड

सुदूर आज

अछाम । सुदूरपश्चिमको छाउ प्रथाबारेको म्युजिक भिडियो ‘लिलु’ले उत्कृष्ट देउडा गीतको अवार्ड प्राप्त गरेको छ । राष्ट्रिय समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘लिलु’ले सर्वोत्कृष्ट देउडा गीतको अवार्ड प्राप्त गरेको हो ।

निम अवार्डको छैटौँ संस्करणको अवार्ड वितरण तथा सम्मान कार्यक्रमका बिच उत्कृष्ट देउडा भाका तर्फको सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड ‘लिलु’का निर्माता तथा कलाकार एल.पी शर्माले ग्रहण गरेका छन् ।

आइतबार काठमाण्डौमा आयोजित अवार्ड वितरण कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी प्रमुख अतिथि रहेका थिए ।

विभिन्न भाषा भाषीका गरी कुल ४२ विधामा प्रतिस्पर्धामा रहेका कलाकार, स्रष्टा तथा सर्जकहरूमध्येबाट अनलाइन भोटिङ प्रक्रिया र निर्णायकहरूको मतको आधारमा ‘लिलु’ले देउडा तर्फको सर्वोत्कृष्ट म्युजिक भिडियोको उपाधि पाउन सफल भएको हो ।

देउडा तर्फको सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड पाएसँगै निर्माता तथा कलाकार शर्माले ‘लिलु’लाई अवार्डको हकदार बनाउने दर्शक,श्रोता तथा निर्णायक तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सुदूरपश्चिमका चेलीबेटी तथा दिदी बहिनीहरूले संस्कृतिका नाममा भोग्नु परिरहेको दमन र अन्यायको आवाजलाई ‘लिलु’ ले विम्बित गर्न सफल भएकै कारण लिलु अवार्डको हकदार बन्न सफल भएको शर्माको भनाई छ ।

छाउ प्रथाबारे बनेका ऐन कानुनहरूका अघि खिल गाडेर बसेका मूल्य मान्यता फिक्का भएपछि विस्फोटनका रूपमा आएको ‘लिलु’ र यसको विद्रोहमा साथ दिन शर्माले सवैमा आग्रह समेत गरेका छन् ।

लिलुको हालसम्मको सफलताका लागी सवैमा आभार प्रकट गर्दै उनले आगामी दिनमा पनि समाजको यथार्थता बिम्बित गर्ने अन्य कोसेलीहरू दर्शक तथा श्रोताहरूको माझ पस्किने उद्घोष गरेका छन् ।