मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकामा बालबालिका र सरोकारवालाहरु बिच अन्तरक्रिया सम्पन्न

पञ्चदेवल नगरपालिकामा बालबालिका र सरोकारवालाहरु बिच अन्तरक्रिया सम्पन्न


अछाम: नगरपालिका स्तरीय बाल सञ्जाल र सरोकारवालाहरु बिच अन्तरसंवाद कार्यक्रम पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ ।

पञ्चदेवल नगरपालिकाको आयोजना,आस्था नेपाल र वल्ड्रभिजनको सहजिकरण र सहयोगमा मंगलबार नगरपालिकाको सभाहलमा अन्तरक्रिया गरिएको हो ।

बालबालिकाका समस्या,बालविकास र बालसंरक्षणमा सरोकारवालाहरुले खेलेको भूमिकाका बिषयमा सवालजवाफ गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

बालबालिकाका समस्या तथा सम्भावनामा केन्द्रित रहेर बालसञ्जालका पदाधिकारीहरुले वडा अध्यक्ष, महिला तथा बालबालिका शाखा संयोजक,नगरप्रमुख लगायतलाई प्रश्न गरेका थिए । जसको जवाफ दिदै सरोकारवाला व्यक्तीहरुले बालबालिकाको क्षमता अभिबृद्धि तथा बालविकासका लागी थुर्पै प्रयास गरेको बताएका छन ।


कार्यक्रममा नगरप्रमुख अम्बिका चलाउनेले नगरपालिकाले बालविवाह बिरुद्ध म बोल्छुँ अभियान संचालन गरेको बताएकी छन् । बालविवाहले बालबालिकाको स्वास्थ्य प्रजननमा ठुलो समस्या देखा पर्ने भन्दै समय नपुगी बिवाह नगर्न आग्रह गरिन् । बालबालिकाको हकहितका लागी वडा तथा नगरस्तरीय बालसञ्जाल गठन भएकाले सम्पुर्ण बालअधिकारकर्मीहरु बालअधिकारका क्षेत्रमा कर्तव्यनिष्ट भएर काम गर्न सुझाव समेत दिईन् । बालबालिकाको अधिकार सुनिश्चित गर्न तथा उनिहरुको क्षमता अभिवृद्धि गर्न नगरपालिकाले कुनै कसुर बाँकी नराखी काम गर्ने नगरप्रमुख चलाउनेले प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै कार्यक्रममा नगरउपप्रमुख हर्क रावल,वडा नम्बर १,२,३,४ र ६ का वडा अध्यक्ष ,नगरपालिका विभिन्न विषयगत शाखा प्रमुख लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार दिनेश केसीले गरेका थिए ।