मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा गाउँले श्रमदानबाट उत्पादन विद्युतले गाउँ झिलिमिली

बाजुरामा गाउँले श्रमदानबाट उत्पादन विद्युतले गाउँ झिलिमिली


बाजुरा: जिल्लाको बुढिनन्दा नगरपालिका वडा ३ मा विद्युत पुगेपछि त्यहाँका नागरिक खुसी भएका छन् ।

वडा न. ३ का सिराडी,डाँडाबाडा, मेल्डुस्का, जैलु बड्डाला, भिडीगाउँ, चोलु,डोग्डेबाडा र लौटारुखका बस्ति सम्म सिमगाड जलविद्युत सञ्चालनमा आए पछि त्यहाँका स्थानीय बासी अध्यरोबाट मुक्त भएका छन ।
६५ किलोवाट क्षमता भएको सिमगाड जलविद्युत सञ्चालनमा आएपछि ९ वटा गाउँमा झिलिमिली भएपछि सबै गाउँ बासी खुसी भएका हुन् ।

गाउँलेको श्रमदानमा उत्पादन भएको सो बिद्युत गाउँमा झिलिमिली बत्ती जल्दा पैसा नहुनेका लागि सहज भएको छ । पैसा हालेर सोलार किन्दा खर्च पनि बढि हुने समस्या हटेको प्रति स्थानियबासी सुखि भएको बुढिनन्दा नगरपालिका वडा न ३ का स्थानिय दिपराज ऐडीले बताए ।

मोबाइल चार्ज गर्न सोलार खोजेर चार्ज गर्नु पर्ने बाध्या पनि हटेको छ । बत्ती बाल्न मोबाइल चार्ज गर्न सबै सहज भएको अर्का स्थानिय हिरालाल बोहराको भनाई छ ।

सिमगाड जलविद्युतको लागत करिब एक करोड बराबरको लगानी लगाएर बुढिनन्दा नगरपालिका वडा न ३ को चुकिरुखमा पावर हाउस स्थापना गरेर सञ्चालनमा ल्याई करिब तिन सय पचास भन्दा बढि घरपरिवारमा विद्युतको पहुँच पुगाएको सिमगाड जलविद्युतका अध्यक्ष रंगलाल बोगटीले जानकारी दिए ।

गाउँले दाजु भाई दिदी बहिनी सबै मिलेर श्रमदानमा काम गरेर अहिले सबै टोल झिलीमिली बत्ती जल्दा हामी सबै सुखि नै भएका छौ सो विद्युतका अध्यक्ष बोगटीले बताउनु भएको छ ।