मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना सङ्क्रमण फैलिएपछि सीमा नाकामा निगरानी

भारतमा कोरोना सङ्क्रमण फैलिएपछि सीमा नाकामा निगरानी


काठमाण्डाै – भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि सुदूरपश्चिम क्षेत्रका सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा सङ्क्रमित भेटिन थालेपछि परीक्षणमा कडाइ गरिएको उनले बताए । यो महिना लागेपछि अहिलेसम्म भारतबाट फर्किएका ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण भइरहेको जोशीले बताए । नाकामा हेल्थडेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।

नयाँ वर्ष वैशाख १ गते नजिकिएसँगै कामका लागि भारत गएकाहरु फर्किन थालेका छन् । सङ्क्रमणको जोखिम रहेकाले उनीहरुको स्वास्थ परीक्षण हुन थालेको हो ।

जोखिम बढेपछि सीमा नाकाबाट फर्कनेलाई परीक्षणसँगै मास्क अनिवार्य लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न विज्ञले आग्रह गर्दै आएका छन् ।