मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली काङ्ग्रेस अछाम  २ प्रदेश ख को प्रदेश भेला सम्पन्न 

नेपाली काङ्ग्रेस अछाम  २ प्रदेश ख को प्रदेश भेला सम्पन्न 

पदीय जिम्मेवारी बहन गरी सङ्गठन निर्माणमा जुट्न अपरिहार्य रहेको केन्द्रीय सदस्य गोविन्द शाहको भनाई


टंक प्रसाद रिमाल अछाम :

नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेश सभा ख को प्रथम सम्मेलन कमलबजार नगरपालिका को मस्टाबण्डाली मा सम्पन्न भयको छ।

नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य गोविन्द बहादुर शाहले प्रमुख अतिथिको आसन बाट बोल्दै पार्टीले आफ्ना गतिविधिका कार्यक्रम सञ्चालन गर्दा  टोल वडा देखि जिल्ला तह सम्मका सम्पूर्ण  कार्यक्रम को तालमेल मिलाउनु पर्ने बताउँदै पार्टीको पदीय जिम्मेवारी लिएका व्यक्तिहरूले आआफ्नो जिम्मेवारी बहन गरी सङ्गठन निर्माणमा जुट्नु पर्ने बताए।

त्यसै जन निर्वाचित जनप्रतिनिधि र पार्टीका मान्छे बिचको सम्बन्ध माछा र पानीको जस्तो हुनु पर्ने ।उनको भनाई छ ।

अछामको सिमानामा बग्ने कर्णाली नदिमा थप ३,४ वटा पक्की पुल चाडै निर्माणका लागि नेपाली काङ्ग्रेस बाट पहल भइरहेको बताए।

त्यसै गरी विशिष्ट अतिथि नेपाली काङ्ग्रेस सुदूर पश्चिम प्रदेश कार्य समिति  सहमहामन्त्री अम्बिका चलाउनेले हिजो कम्युनिस्ट सरकारले कमिसन का भरमा खल्ती बाट बाँड्ने योजना अब  काङ्ग्रेस पार्टीका मन्त्री ले  त्यसरी आउने योजनाको अन्त्य गर्ने बत्ताइन।

कार्यक्रममा सुदूर पश्चिम प्रदेश कार्यसमिति सदस्य वेदप्रकाश तिमिल्सेना, महासमिति सदस्य पदम राज अधिकारी,जिल्ला पार्टी उपसभापति नयाराम बजगाईँ,महाधिवेशन प्रतिनिधि भुमिसरण बजगाईँ, पूर्णा शाह , जिल्ला समन्वय समिति सदस्य द्वारिका उपाध्याय,जिल्ला कार्यसमिति सदस्य खेम भण्डारी,ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाही,क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव भीम बिस्ट,मङ्गलसेन नगर सचिव मिलन कुमार रावल,तरुण दल जिल्ला अध्यक्ष रमेश बिस्ट नेबि सङ्घ  जिल्ला अध्यक्ष खेमराज खडका, प्रेस युनियन जिल्ला अध्यक्ष टंक प्रसाद रिमाल लगायतको प्रदेश भेलामा सहभागिता रहेको  थियो।