मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक जनक कार्कीको ‘काँ छै बाज मोरेली’ देउडा गीत सार्वजनिक (भिडियो सहित)

गायक जनक कार्कीको ‘काँ छै बाज मोरेली’ देउडा गीत सार्वजनिक (भिडियो सहित)


अछाम: गायक जनक कार्कीको ‘काँ छै बाज मोरेली’ देउडा गीत सार्वजनिक भएको छ । अछामी भाषामा छोरेट्टा – छोरेट्टी (प्रेमी-प्रेमिका) बिचको प्रेम सम्बन्धलाई चित्रण गर्दै राजेन्द्र शाह बि.पी ले शब्द र लय भरेपछि गायक जनक कार्की र शोभा थापाको स्वरमा रहेको ‘काँ छै बाज मोरेली’ देउडा गीत सार्वजनिक भएको हो । 

अछामको पूर्वी भेग पञ्चदेवल विनायक नगरपालिकाका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाहरूलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ । 

अछामी रेखा भीम बिस्टको निर्देशनमा बनेको देउडा भिडियोमा प्रियङ्का कँवर र जनक कार्कीले मुख्य अभिनय गरेका छन् ।

विशेष फिल्मस् प्रा.ली. बाट आइतबार सार्वजनिक भएको उक्त देउडा गीतमा पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने तथा नगरपालिकाका प्राय कर्मचारी र स्थानीयहरूले देउडा खेलका अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो