मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मङ्गलसेन नगरपालिकाको दमकल प्रयोगविहीन

मङ्गलसेन नगरपालिकाको दमकल प्रयोगविहीन

नगरपालिका अगाडी घर जल्दा औचित्यहीन भयो सदरमुकामको दमकल


अछाम : जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकाको दमकल प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । आगलागीका बेला प्रयोग हुने दमकल नगरपालिका अगाडी प्रदर्शनीका लागी राखिएको जस्तै देखिन्छ ।

दमकल भन्ने बित्तिकै आगलागीमा प्रयोग गरिने वस्तु भन्ने बुझिए पनि आगलागीबाट क्षति कम गर्न प्रयोग गरिने दमकल पक्की सडकमा पुग्नै सक्दैन भन्दा अचम्म पनि लाग्छ । सोमवार बिहान साढे ९ बजे तिर मङ्गलसेन नगरपालिका नजिकै एक घरमा आगलागी भयो । तर, त्यति धेरै प्रयोग नै नभएको मङ्गलसेन नगरपालिकाको दमकल घटना स्थलमा पुग्न सकेन ।

आगलागीका बेला प्रयोग हुने दमकल अछामको मङ्गलसेन नगरपालिका अगाडी प्रदर्शनीका लागी राखिएको जस्तै देखिन्छ ।

नगरपालिका नजिकैका स्थानीय नारायण ढुङ्गानाको घरमा आगलागी भइरहेको थियो स्थानीय तथा सुरक्षाकर्मीको फौजले बाल्टिनमा पानी भर्दै र माटो छ्याप्दै आगो निभाउने प्रयास गरे पनि घर भित्रका सबै सामान पूर्ण रूपमा जलेर नष्ट भइसकेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घरधनीले यसो भनेका छन्

दमकल सवारी चालक समेत नराखेको मङ्गलसेन नगरपालिकाले नगरको टिप्पर चालकबाट काम चलाऊ गरेको पाइएको छ । कुनै पनि सवारी साधन नियमित सञ्चालन हुँदा पनि २० वर्ष बढी कुदेको हामीले देखेकै छौँ । तर, खरिद गरिएको पाँच वर्ष नै नभएको अनि नियमित सञ्चालन नहुने दमकल गुड्न नसक्नु कतिसम्मको लापरबाही हो आफैँमा स्पष्ट छ ।

सोमवार नगरपालिकाकै अगाडी भएको आगलागीको घटनामा दमकल पठाउन नसकेको नगरपालिकाले भने आत्मगलानी गरेको छ । दमकलको ब्याट्री र प्रेसर बिग्रेका कारण दमकल सञ्चालन हुन नसकेको नगरपालिकाका विपत व्यवस्थापन शाखा प्रमुख नरेश कठायतले बताए ।

उनले भने, नगरपालिकाकै अगाडी घर जलिरहेको थियो, हामीले दमकल पठाउन धेरै प्रयास गयौँ तर दमकल सञ्चालन भएन । विपत व्यवस्थापनमा प्रभावकारी काम गर्न नसक्दा आफैलाई लाज लागेको छ । आगामी दिनमा विपत व्यवस्थापन तथा प्रतिकार्यका लागी २४ यै घण्टा सेवा उपलब्ध गराउने कठायतले दाबी गरे ।