मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली काँग्रेस वडा भेला मङ्गलसेनको वली गाउँमा सम्पन्न 

नेपाली काँग्रेस वडा भेला मङ्गलसेनको वली गाउँमा सम्पन्न 


अछाम : नेपाली काँग्रेस मंगलसैन नगरपालिका वडा न ८ को वडा भेला तथा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा  कार्यक्रम तथा चियापान कार्यक्रम  सम्पन्न भएको छ । जिल्ला कार्यसमिति अछामको   सङ्गठन सुद्धिढिकरण अभियान अन्तर्गत  वडा भेला सम्पन्न भएको हो । वडा कार्यसमितिका सभापति नवराज विष्टको सभापतित्वमा भएको वडा भेलामा कार्य बाहक जिल्ला  सभापति नयाँ राम बजगाईँ प्रमुख अतिथि रहेका थिए ।  

प्रमुख अतिथि बजगाईँले सङ्गठन निर्माण र सुदृढीकरणका लागी पाटी सम्बन्ध सबै तहका नेता कार्यकर्ता जुट भएर लाग्न अनुरोध गर्दै नेता कार्यकर्ता सबैले आफ्नो  जिम्मेवारी  वहन गरी पार्टी चलायमान बनाउन  हुन  सबैलाई अनुरोध गर्नु भएको थियो । 

यस्तै कार्यक्रमका विशिष्ट अतिथि जिल्ला कार्यसमिति सदस्य एवं नगर संयोजक जनकराज भण्डारीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता ल्याउँदै कसैको धाक धम्की र प्रलोभनमा नपरी पार्टीको सङ्गठन निर्माणमा लाग्न हुन अनुरोध गर्दै  गुटको राजनीति गर्न नहुनेमा जोड दिए । 

युवाहरूले गुटलाई प्रवर्द्धन गर्ने गतिविधि गर्न नहुने उनको भनाई छ । कार्यक्रममा अर्का विशिष्ट तिथि नेपाली काँग्रेस अछामका सदस्य युवा नेता हिरण्ड बहादुर बोहोराले पाटी सङ्गठनलाई अघि बढाउन आफ्नो तहबाट सबै किसिमको प्रयास रहेको भन्दै अछामका जनताको सामाजिक आथिक विकासकालागि जनचाहना अनुरूप पाटी सम्बद्ध नेता कार्यकर्ताले लाग्नु पर्ने बताए ।

कार्यक्रममा नगर सभापति झपट रावल,पुुर्व जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य बहादुर सिंह विष्ट, दलित नेता जोगी ढोली वडा अध्यक्ष का उम्मेदवार छत्र बोहोरा ,नेपाली काँग्रेस वडा नंः९का वडा सभापति झुलेन्द्र रावल क्षेत्रीय प्रतिनिधि टंक कुमारी बोहोरा ,डबल बहादुर नेगी ,जौमती देविभाट,जैसरा विष्ट , लोकबहादुर बोहोरा,  पाटिबाट निर्वाचित पदाधिकारी कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।