मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाल संरक्षणमा आस्था नेपालको अग्रणी भूमिका : पञ्चदेवलमा विभिन्न कार्य योजना लागु

बाल संरक्षणमा आस्था नेपालको अग्रणी भूमिका : पञ्चदेवलमा विभिन्न कार्य योजना लागु


अछाम : बाल संरक्षण सम्बन्धी पञ्चवर्षीय रणनीतिक योजनाको वार्षिक समीक्षा एव: आगामी वर्षको कार्य योजना बारे कार्यशाला गोष्ठी पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ ।  स्थानीय बालअधिकार समितिको आयोजना र आस्था नेपाल अछामको सहजीकरण मा पञ्चदेवल विनायक नगरपालिकाको बाल संरक्षण सम्बन्धी  विभिन्न विषयमाथि छलफल गर्दै गोष्ठी सम्पन्न भएको भएको हो।

दक्ष र सभ्य जनशक्ति निर्माणको सुनिश्चितता, बालबालिकामा लगानी हाम्रो प्रतिबद्धता भन्ने मूल नारा सहित निर्माण भएको उक्त रणनीतिक योजना अनुसारनै पञ्चदेवल विनायक नगरपालिका र बाल संरक्षणका क्षेत्रमा काम गर्ने विभिन्न साझेदारहरूले बालबालिकाको संरक्षणका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आई रहेका छन्।

प्रथम वर्षमा अभिभावकहरूका लागि सकारात्मक अभिभावकत्व कक्षाहरू सञ्चालन, जीवन उपयोगी सीप सम्बन्धी रूपान्तरण कक्षाहरू सञ्चालन, घटना व्यवस्थापन तथा सिफारिस प्रणाली स्थापना, बालकोष मार्फत जोखिम बालबालिकाहरूलाई सहयोग, किशोरी समूह तथा बालसंजालहरू गठन तथा परिचालन,बाल विवाह विरुद्ध म बोल्छु अभियान सञ्चालन,बालमैत्री स्थानीय शासन अवलम्बन, छ वटा विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र स्थापना, जोखिम बालबालिकाको तथ्याङ्क सङ्कलन लगायतका कामहरू सम्पन्न भएको सहभागी सरोकारवालाहरूले बताएका छन्।

यसै गरी आगामी वर्षमा बाल विवाह न्यूनीकरण, शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार, मदिरा तथा लागू पदार्थ निषेध,समुदायमा महिला तथा बालबालिका माथि हुने हिंसा , शोषण, दुर्व्यवहार जस्ता घटनाहरू न्यूनीकरण लगायत महिला र बालबालिकाहरूको सशक्तीकरण र समृद्धि लागि महत्त्वपूर्ण कार्य योजनाको ड्राफ्ट तयार गरिएको छ।

नगर उप(प्रमुख तथा स्थानीय बाल अधिकार समितिका संयोजक हर्क बहादुर रावलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सम्पूर्ण वडाका वडाध्यक्ष तथा कार्यवाहक वडाध्यक्षहरू, सम्पूर्ण कार्यपालिका सदस्यहरू, पालिकाका सम्पूर्ण शाखाका प्रमुख तथा प्रतिनिधिहरू,आस्था नेपाल अछामका दिल बहादुर शाही, खगेन्द्र उपाध्याय लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पालिकाका महिला बालबालिका एवम् ज्येष्ठ नागरिक शाखा प्रमुख भावना शर्माले गरेकी हुन