मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशस्तरीय कबड्डीको उपाधि कैलाली र कञ्चनपुरलाई

प्रदेशस्तरीय कबड्डीको उपाधि कैलाली र कञ्चनपुरलाई

सुदूर आज

कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कैलाली र कञ्चनपुरले जितेका छन् ।

फाइनल खेलमा छात्रतर्फ बैतडीलाई पराजित गर्दै कैलाली र छात्रातर्फ कैलालीलाई हराउँदै कञ्चनपुरले उपाधि जितेको हो । प्रतियोगितामा उपाधि विजेता खेलाडीहरूलाई मेडल÷प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा सुदूरपश्चिमका नौवटै जिल्लाका छात्रा÷छात्र टोली सहभागी थिए ।

कञ्चनपुरका कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले प्रदेशबाट छनोटमा परेका छात्र÷छात्राको टोली आगामी वैशाख १५ गतेदेखि काठमाडौँमा हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने जानकारी दिए । “छात्र÷छात्राको छनोटपछि केही दिन खेलाडीहरू महेन्द्रनगरमै बन्द प्रशिक्षणमा रहन्छन्”, प्रशिक्षक भट्टले भन्नुभयो, “राष्ट्रपति शिल्डमा पदकका लागि सुदूरपश्चिमको कबड्डी टिमको पनि सम्भावना धेरै छ ।”