मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूर पहाडमा पाइने अछामी ‘नौमुठे’ गाई

सुदूर पहाडमा पाइने अछामी ‘नौमुठे’ गाई

संसारकै सानो प्रजातिको नौमुठे गाई लोपोन्मुख अवस्थामा


अछाम: संसारकै सबै भन्दा सानो प्रजातिको गाई भनेर चिनिने नौमुठे गाई सुदूर पहाडको अछाम जिल्लामा पाइन्छ । यो जातको गाई सुदूर पश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा पाइने भएकोले यसको नाम अछामी गाई रहन गएको हो । 

यसको उचाइ लगभग नमुठी हुने भएकाले यस गाईको प्रजातिलाई ’नौमुठे गाई’ भनिन्छ ।यो गाईको प्रजाति लोपोन्मुख स्थितिमा रहेको छ । साथै यो गाईलाई छोरीको विवाहमा दाइजो स्वरूप दिने चलनले गर्दा अन्य जिल्लाहरूमा समेत पाइन्छ ।

यसको उत्पत्ति अछाम जिल्लामा भएको भएता पनि यो डोटी, बझाङ र बाजुरा जिल्लामा पनि पाइन्छ । यसको सङ्ख्या बढ्दो क्रममा रहेको भए तापनि संरक्षण तथा सम्वद्र्धन गर्न नसक्दा पछिल्लो समय लोपोन्मुख अवस्थामा छ ।

नेपालका चार धाम मध्यको एक धाम वैद्यनाथ धाम अछाममामा नौमुठे गाइलाई संरक्षण गरेर राखिएको छ । गाइको दूध,दही,पिसाब,गोवर हरेक शुभ – अशुभ कार्यमा प्रयोग गरीन्छ । 

महत्त्व:

  –दूध, मल र खेत जोत्न उपयोगी हुने ।

  – पर्यटकलाई आकर्षण गर्न सक्ने ।

  –रोग सँग लड्न सक्ने क्षमता बढी भएको ।

  –थोरै घाँसपात खुवाएर पनि पाल्न सकिने ।

  –जिल्ला, प्रदेश तथा राष्ट्रको छुट्टै पहिचान दिन सक्ने गुण भएको ।

  – आर्थिक, सामाजिक, धार्मिक तथा सास्कृितक महत्त्वले परिपूर्ण भएको ।