मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा ‘साँफेबगर मेहफिल’ हुदैँ ।

साँफेबगरमा ‘साँफेबगर मेहफिल’ हुदैँ ।


अछाम : जिल्लाको सुन्दरी नगरी साँफेबगरमा साँफेबगर मेहफिल हुने भएको छ । धार्मिक, पर्यटकिय तथा व्यावसायिक महत्व बोकेको साँफेबगरमा साँफेबगर मेहफिल हुन लागेको हो । जिल्लाको मुख्य व्यापारिक केन्द्र रहेको साँफेबगरमा साहित्यिक कार्यक्रम अन्र्तगत मेहफिल हुन लागेको साहित्यकार तथा हेल्प अछामका अध्यक्ष हिमाल उदासीले बताए ।

साहित्यक सर्जकहरुको पहिचान, सृजनशिल युवा हाम्रो अभियान भन्ने मुख्य नाराका साथ साँफेबगर नरग युवा सञ्जाललको आयोजनामा साँफेबगर मेहफिल हुन लागेको हो । नयाँ बर्ष २०८० को शुभ अवसरमा १६ गते शनिबार हुने साँफेबगर मेहफिलमा बैद्यनाथ काव्ययात्रा, काव्य रसपान र गजल सन्ध्याका कार्यक्रम रहेका युवा सञ्जालका अध्यक्ष भुपेन्द्र भण्डारीले बताए ।

काव्यरसपानमा साहित्यकार तथा प्रशासक लक्ष्मी प्रसाद शर्मा (अमरदीप), निभा शाह र खेम बतासको प्रस्तुती रहेको छ भने यसको सहजिकरण मनोज बिवशले गर्नेछन् यस्तै गजल सन्ध्यामा तपेन्द्र घोडासैनी, पुष्पराज आचार्य पिडित, आशा साँकी बलायर रहेका छन् भने यसको सहजिकरण हिमाल उदासीले गर्ने भएका छन् ।

विगत डेढ दशकदेखि निरन्तर mित्रयाशिल भएर साहित्यको उर्वर भुमि मानिएको अछाम जिल्लामा पछिल्लो समय साहित्यका कार्यक्रम हुनै छाडेकोमा साँफेबगर मेहफिलले थोरै भएपनि यसमा ईटा थप्ने काम गर्ने साहित्यप्रेमीहरुको बुझाई छ ।

साहित्यमा शुन्यता आएको समयले हरकोहि सर्जक, शुभचिन्तकहरुलाई दुखी बनाएको भन्दै अछाम गजल मञ्चका अध्यक्ष हिमाल उदासीले निदाएको अछामलाई कहिल्यै ननिदाउने गरि ब्युझाउने अभियानको थालिनी गरिने बताए ।