मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश स्तरीय योजना तर्जुमा बैठक विनायकमा सम्पन्न

प्रदेश स्तरीय योजना तर्जुमा बैठक विनायकमा सम्पन्न

आवश्यकताका आधारमा योजना छनोट हुनु पर्ने सहभागी सरोकारवालको जोड


अछाम : प्रदेश निर्वाचन क्षेत्रको वार्षिक कार्यक्रम तथा योजना तर्जुमा बैठक विनायकमा सम्पन्न भएको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको परिपत्र अनुसार अछाम निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ को वार्षिक कार्यक्रम तथा योजना तर्जुमा बैठक पञ्चदेवल विनायक नगरपालिकाको विनायकमा सम्पन्न भएको हो ।

पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कल रावल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै उनले बढी भन्दा बढी नागरिकलाई लाभ मिल्ने योजनाहरूमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका थिए ।

अछामको समृद्धिको ढोकाका रूपमा हेरिएको बेतन कर्णाली परियोजना र र चिसापानी जंगलघाट पुल निर्माण योजना  तीव्र रूपमा सञ्चालन गर्नु प्रमुख आवश्यकता रहेको  बताएका छन् ।

जिल्लाको समृद्धिका लागी महत्त्वपूर्ण भूमिका खेल्ने  जंगलघाट-तुर्माखाँद-बेलखेत हुँदै हिल्सा जोड्ने सडकको    विकासका लागी आवश्यक बजेटको व्यवस्थापन गरिनुपर्नेमा समेत उनले जोड दिएका छन् । गाउँ ठाउँको विकासका लागी सञ्चालन हुने विभिन्न योजनाहरू व्यक्तिगत स्वार्थका कारण किनबेच हुनेबारे गुनासो बढेको तर्फ चिन्ता व्यक्त गर्दै उनले यस्ता गतिविधिले सङ्घीयता नै धरापमा पर्न सक्ने उल्लेख गरेका छन् ।

कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख हर्क रावल कमलबजार नगरपालिकाका उपप्रमुख शारदा कुँवर,तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला शाही विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा आगामी आर्थिक वर्षका लागी प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने योजनाका विषयमा छलफल गरिएको थियो ।

छलफलका क्रममा सहभागीहरूले प्रदेश सरकारबाट आउने योजनाहरूमा आर्थिक चलखेल तथा हिनामिना हुने व्यापक गुनासो गरेका थिए । प्रदेश सरकारबाट योजना ल्याउनु पूर्व नै सर्वसाधारणबाट रकम असुली गर्ने बिचौलियाहरू सक्रिय रहेको कार्यक्रममा सहभागीले दाबी गरेका छन् ।

गाउँ ठाउँको विकासका लागी जनप्रतिनिधि राजनीतिक दलसँगै सर्वसाधारण जिम्मेवार बन्नुपर्ने सहभागी सरोकारवालाको भनाई छ । स्वार्थपूर्तिका लागी नभई आवश्यकता र औचित्य पुष्टि हुने गरि विकास निर्माणका योजना सञ्चालन गर्नुपर्नेमा तीन वटै पालिकाका व्यक्तीहरुले जोड दिएका छन् ।

पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले योजना छनोट तथा कार्यान्वयनमा देखीएको बिृकतीलाइ न्यूनीकरण गर्ने उद्देश्य सहित वार्षिक कार्यक्रम तथा योजना तर्जुमा बैठक आयोजना गरिएकोमा खुसी व्यक्त गरिन्।

जनताको मागमा आधारित योजना सञ्चालन गर्न स्थानीय रूपमै छलफल कार्यक्रमको आयोजना गरिनु सुखद पक्ष भएको बताउँदै उनले जनताको सुझाव र मागका आधारमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएकी छन् । 

आगामी आर्थिक वर्षमा बजेट विनियोजनका लागी पालिकामा आवश्यक योजनाहरूलाई छलफल गरि प्राथमिकताका आधारमा माग पेस गर्न प्रदेश सरकारले परिपत्र गरिसकेको छ । पालिकाहरूले यही वैशाख २४ गतेसम्म योजनाहरूको बिवरण पेस गरिसक्नुपर्ने बताईएको छ ।

पञ्चदेवल,कमलबजार र तुर्माखाँदका जनप्रतिनिधि कर्मचारी लगायत सहभागी कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालय प्रमुखहरू सहभागी थिए । भने कार्यक्रमको सञ्चालन जिल्ला वन अधिकृत भोजराज शर्माले गरेका थिए ।